नियम
वित्तीय विवरण पेश गर्नु पर्ने
(१) नियम ३ को उपनियम (२) बमोजिम दर्ता हुने निकायले आफ्नो लेखापरीक्षण भएको वार्षिक वित्तीय विवरण अनिवार्य रुपमा आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र विभागमा पेश गर्नु पर्नेछ ।
(२) कर छुट पाउने संस्थाले ऐनको दफा १० को खण्ड (छ) मा उल्लेख भएको रकम र दफा ९२ बमोजिम अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी बाहेक, अन्य कुनै करयोग्य आय प्राप्त गरेको भए ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्नेछ ।